दफा २५१
प्रतिनिधि नभएको कारणले मात्र काम कारबाही बदर नहुने

(१) यस परिच्छेद बमोजिम स्थानीय तहको सदस्य वा प्रतिनिधिको रोहबरमा कुनै काम कारबाही गर्नु पर्ने वा निजकोसहीछापगराउनु पर्नेमा त्यस्तो सदस्य वा प्रतिनिधिलाई उपस्थित गराई दिन लिखित सूचना दिँदा पनि त्यस्तो सदस्य वाप्रतिनिधि उपस्थित नभएमा सो काम कारबाही गर्न, गराउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम स्थानीय तहको सदस्य वा प्रतिनिधि उपस्थित नभएको वा निजले सहीछाप नगरेको आधारमा मात्र अरुकुराले रीत पुगेको काम कारबाही बदर हुने छैन ।